०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

देउवा प्रधानमन्त्री हुनेबित्तिकै भ्रष्टाचारीहरु रिहा हुनु राम्रो संकेत होइन : केपी ओली

Logo
प्रकाशित शुक्रबार, साउन ०१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१ श्रावण। एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै भ्रष्टाचारमा संलग्नको रिहा र हत्या आरोपीको आतंकले राम्रो संकेत नगरेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताउनुभएको हो ।

“भ्रष्टाचार आरोपी विजय गच्छदारको रिहाइ र हत्या अभियोगमा जेलमा रहेका मोहम्मद अफ्ताव आलम आतंकले देखाइसकेको छु, उहाँले देउवा नेतृत्वको सरकारको सुरुवातबारे टिप्पणी गर्दै भन्नुभयो, “यातायातको भाडा वृद्धि पनि एउटा अर्को उदाहरण हो ।”

त्यस्तै ओलीले एमालेले कांग्रेस–माओवादीले जसरी झुटो पनि नबोल्ने दाबी गर्दै सरकारलाई राष्ट्रघाती काम र जनहितविरुद्धका गतिविधि नगर्ने बताउनुभयो । ओलीले एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने पनि बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]