१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

जसपा विवाद : निर्वाचन आयोगले झिकायो सक्कल कागजात

Logo
प्रकाशित आइतबार, साउन ०३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३ श्रावण । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा सुनुवाइ थालेको निर्वाचन आयोगले दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको छ ।

प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासमा आइतबार निवेदकको पक्षबाट बहस भएको छ । अर्को पक्षले जवाफ बहस शुरु गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दियो । त्यसक्रमा दुबै पक्षले आआफ्नो तर्क गरेका थिए ।

उपेन्द्र यादव पक्षले कार्यकारिणी सदस्यहरुलाई बोलाएर सनाखत गर्न माग गरेका छन् । महन्थ ठाकुर पक्षले भने पुस २०७७ मा बसेको बैठकले नै कार्यसमिति सदस्यहरु हेरफेर गर्ने अधिकार ठाकुरलाई दिएको र त्यसअनुसार असारमा नयाँ कार्यकारिणी सदस्यहरुको बहुमत हेर्नुपर्ने बताएको नेता केशव झाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]