०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद बिस्तार गर्न सकस

Logo
प्रकाशित बुधबार, साउन ०६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,६ श्रावण । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक साता बितिसकेको छ ।

आफू नियुक्त भएको एक साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले चार जना मन्त्री मात्र नियुक्त गरेर सरकार सञ्चालन गरिरहनु भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपालगायतका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका देउवाले गठबन्धनको सहमतिमा सरकार विस्तार गर्ने बताएपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा मन्त्री बन्ने आकांक्षी धेरै भएसँगै सरकारले पूर्णता पाउन नसकेको हो ।

यस्तै निर्वाचन आयोगमा आधिकारीकताको विषय टुंगो नलागेकाले जसपाले पनि तत्कालै सरकारमा जान चासो देखाएको छैन ।

तर प्रधानमन्त्री देउवा र माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने एमाले नेता नेपाल पक्षलाई सरकारमा सहभागी हुन दवाव दिइरहेका छन् ।

गठबन्धनले नेता नेपाललाई दल विभाजनका लागि सहज बनाउने भन्दै सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]