१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

भ्रष्टाचारको नमूना :निर्माण भएको दुई साता पनि नबित्दै पोखरी घाटमा चिरा पर्न थाल्यो

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

न्यूजमधेश डेस्क
सिरहा,८ श्रावण । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १७ स्थित खैरटोकामा पोखरीमा घाट निर्माण भएको २ साता नबित्दै चिरा पर्न थालेको छ ।

नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा निर्माण भएको घाट २ साता पनि नबित्दै भत्किन लागेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा उक्त पोखरीमा उपभोक्ता समिति मार्फत् ६५ मिटर लम्बाइको घाट निर्माणको काम गराएको थियो ।

महिना पनि नलाग्दै घाट भत्किन थालेपछि स्थानीयले कमसल काम भएकै कारण घाटमा चिरा पर्न थालेको आरोप लगाएका छन् । निर्माणका क्रममा २ नम्बर इँटा प्रयोग भइरहेको र कमसल सामाग्री प्रयोग भइरहेको भन्दै स्थानीयले विरोध जनाएपनि सरोकारबाला निकाय सुनेनन् ।

‘कमसल काम भइरहेको देखेर हामीले विरोध गर्यौं,’ स्थानीय नागमनी यादवले भने, ‘वडाध्यक्षले इँटा भट्टाले २ नम्बर इँटा पठाइदिएको र यो फिर्ता हुने बताएपनि त्यहि इँटा प्रयोग भयो ।’ स्थानीयहरुको विरोधका बाबजुद कमसल काम भएको उनले आरोप लगाए ।

घाट निर्माणको नाममा व्यापक अनियमितता भएको आरोप स्थानीयहरुको छ । तर, वडाध्यक्ष महेन्द्र यादव इस्टिमेट अनुसारकै काम भएको दावी गर्छन् । उनले सन्तोषजनक काम भएको र अनियमितता नभएको दावी गरे ।

यता, उपभोक्ता समितिका अध्यक्ष कपिलदेव यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनी अवकाश प्राप्त शिक्षक हुन् । सरकारी सेवा सुविधा पाइरहेका व्यक्ति उपभोक्ता समितिमा बस्न नपाइने प्रावधान छ । तर, मापदण्ड विपरीत यादवलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको थियो ।

यस विषयमा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले आफूलाई त्यति जानकारी नरहेको र यस विषयमा गएर बुझ्ने प्रतिक्रिया दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]