०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

छिमेकी मुलुक भारतमा दिइने छात्रवृत्तिका लागि शैक्षिक परामर्श

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,८ श्रावण । छिमेकी भारतका विभिन्न उत्कृष्ट विश्वविद्यालय, कलेज र शैक्षिक संस्थामा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीले पाउने छात्रवृत्तिका लागि कृष्णा फाउण्डेशनले शैक्षिक परामर्श गर्न थालेको छ ।

काठमाडौँस्थित भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत कम्पेक्स छात्रवृत्तिमा आवेदन दिने विद्यार्थीका लागि विश्वविद्यालयका पूर्वाधार, गुणस्तर, अन्तर्राष्ट्रिय विद्यार्थीका अनुभव र छात्रवृत्तिका बारेमा फाउण्डेशनले परामर्श गरेको हो ।

यसबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका निर्देशक सन्तोषकुमार चौधरीले शैक्षिक सत्र सन् २०२१÷२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा आफूहरुले ‘स्कलरसिप इन इन्डियन युनिभर्सिटिज्’ अन्तर्गत सहयोग गर्ने बताउनुभयो ।

कक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्कसहित उत्तीर्ण विद्यार्थीले आगामी अगष्ट १२ तारिखसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]