०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐन फिर्ता

Logo
प्रकाशित मंगलबार, साउन १२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१२ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐनको पुनरावलोकन गर्नु पर्ने बताउँदै कानुन मन्त्रालयमा पुगेको उक्त ऐन फिर्ता मागेका छन्।

प्रधानमन्त्री देउवसँग विद्यालय तहका शिक्षकहरूले पटकपटक भेटेर संघीय शिक्षा ऐन फिर्ता गरी शिक्षकको माग सम्बनेधन गर्न आग्रह गरेपछि प्रधानमन्त्रीको निर्देशनमा शिक्षा मन्त्रालयले ऐन फिर्ता गरेको हो। आइतबार मात्रै नेपाल शिक्षक संघले प्रधानमन्त्रीलाई मेटेर विद्यालय शिक्षालाई स्थानीय, प्रदेश र संघको सझा अधिकारभित्र राख्न ऐनको पुनरावलोकन गर्नुपर्ने माग राखेका थिए।

साथै संघीय शिक्षा ऐनमा शिक्षक महासंघसँग भएको समझौतालाई आधार मानेर मात्र ऐन ल्याउनुपर्ने माग राखेको नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष यमपीं भुसालले बताए। प्रधानमन्त्री देउवाले कानुन मन्त्रालयबाट फिर्ता आएको संघीय शिक्षा ऐनको पुनरावलोकन गरि शिक्षकको समस्या हल गर्ने प्रतिवद्धता जनाएको बताइएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सरकार परिवर्तन हुनसाथै ऐनहरू समिक्षाका लागि फिर्ता आउने प्रक्रिया स्वभाविक भएको बताए। ‘सरकार परिवर्तन हुँदा नीति कार्यक्रम तथा प्राथमिकतानै परिवर्तन हुन्छ,’ प्रवक्ता शर्माले भने ‘सरकार परिवर्तनसँगै ऐन फिर्ता आउँछ। फेरि एक पटक समिक्षा हुन्छ, यो त्यही प्रक्रिया हो। यसमा अन्यथा केही होइन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]