१६ कार्तिक २०८१, शनिबार
02-11-2024 , Sat
×

खोला उत्खननका लागि बर्सेर्नि ठेक्का लगाउन थालेपछि स्थानीय आक्रोशित

Logo
प्रकाशित बिहिबार, साउन १४, २०७८

शिव पुरी
रौतहट ,१४ श्रावण । रौतहटको चन्द्रपुर नगरपालिकाले खैरास्थित चाँदी खोला उत्खननका लागि बर्सेर्नि ठेक्का लगाउन थालेपछि स्थानीय आक्रोशित भएका छन् । खोला उत्खननका कारण बस्ती जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

चन्द्रपुर खैराका ८५ वर्षीय हर्षबहादुर पुलामी मगर डेढ दशकअघिको बाढीको घटना अझै पनि सम्झिन्छन् । २०६१ असार २३ गते लगातार वर्षापछि चाँदी खोलामा आएको बाढीले खैराको ९० घर विस्थापित भएका थिए । पाँच घर बाढीमा बगे । चुरे दोहनका कारण चाँदी खोलाले धार परिवर्तन गर्दा बस्ती विस्थापित भएको मगर बताउँछन् । त्यसैले उनको माग छ, ‘स्थानीय तहले चुरे दोहन रोक्नुपर्छ । अरू बस्ती जोगाउनुपर्छ ।’ गत वर्ष नगरपालिकाले खोला उत्खननको ठेक्का लगाएपछि मगरलगायत स्थानीय विरोधमा नै उत्रिएका थिए ।

 

त्यतिबेला चाँदी खोलाको बाढीले घरखेत बगाएपछि उनको खेत भएको स्थानमा अब गोठ मात्र छ । बस्ती नै विस्थापित भए पनि उनी दिनहुँ खेतको रेखदेख गर्न पुग्छन् । साँझपख घर फर्कन्छन् । बस्तीका मानिसको ८५ बिघा खेतमध्ये आधाजसो कटान गरेको थियो ।

मगरको अढाई बिघा खेतीयोग्य जमिनमध्ये बाढीले झन्डै १ बिघा बगायो । बाढीबाट जोगिन उनका परिवार खैरा गाउँदेखि माथि डाँडामा गएर बसेको मगरले सुनाए । ‘हेर्दाहेर्दै सर्लक्क घर बगायो । मानिसहरू बाहिर निस्केर ज्यान जोगाए,’ उनले भने, ‘सरसामान केही निकाल्न सकिएन । ज्यान जोगियो त्यो नै धन्न भयो ।’ अहिले खैरामा बस्ती छैन् । २र३ वटा पशु बाँध्ने गोठ मात्रै बचेको छ ।

‘चाँदी खोला पश्चिम क्षेत्र भएर बग्थ्यो । चुरेमा जथाभावी उत्खनन गर्न थालेपछि खोलाले धार बदलेको हो,’ उनी भन्छन्, ‘फेरि पनि दोहन गर्न अनुमति दिने तर्खरमा स्थानीय तह रहेको सुनेको छु ।’ खैरापारि चिडिया दहमा घर बनाएर उनका २२ जनाको परिवार सबै त्यहीं बसेका छन् । मगर मात्र होइन खैराका विस्थापित सबै चिडिया दहमा घर बनाएर बसेका छन् । अहिले पनि उनीहरू आफ्नो खेतमा खोला बगिरहेको हेर्न विवश छन् । खैरा बस्ती अन्नको भण्डार भनेर चिनिन्थ्यो ।

 

चुरे दोहनका कारण २०५० सालदेखि वर्षाका बेला बस्तीछेउको जमिन बाढीले कटान गर्न थालेको हो । गाउँको अस्तित्व बचाइराख्न बाँध बनाइदिन स्थानीयले सबै दलका शीर्ष नेतालाई नगुहारेका होइन् । तर कसैले चासो नदेखाएको मगरले बताए । ‘चुरे दोहन रोक्नुपर्‍यो, यसले बस्तीलाई जोखिममा पार्‍यो,’ भनेर कैयौं पटक भनेको अर्का विस्थापित श्रीष पौडेलले बताए । उनले भने, ‘त्यसबेला सुनवाइ भएन । अहिले बाढी र डुबानको जोखिम बढेको छ । दोहन नरोकेसम्म समस्या बढ्दै जान्छ ।’

विस्थापितहरू बचेको जमिनमा खेती लगाउँदै आएका छन् । चाँदी खोलाले खैरा मात्र होइन दक्षिणका सिन्दुरेघारी, खौरा, बलरीलगायत गाउँमा कटान गर्दै आएको छ । पश्चिम क्षेत्रबाट बग्ने खोलाले अहिले पूर्वपट्टि अर्को धार बनाएको छ । चन्द्रपुर नगरपालिकाले राजमार्गबाट उत्तर क्षेत्रमा नदीजन्य वस्तुको निकासीको ठेक्का लगाउन थालेपछि चुरे क्षेत्रसम्म पुगेर ढुंगा उत्खनन र तस्करी सुरु भएको छ । अघिल्लो वर्ष चन्द्रपुरले चाँदी खोलाको उत्तरी क्षेत्रमा निकासीको ठेक्का लगाएपछि ठेकेदारले नियमविपरीत उत्खनन गरेको थियो । यसको विरोधपछि यस पटक नगरपालिकाले ठेक्का लगाएन ।

चन्द्रपुरका नगर प्रमुख रामचन्द्र चौधरीले चुरे दोहनले बाढी र डुबानको समस्या बढ्दै गएकोले नदी उत्खननका लागि ठेक्का लगाउन छाडिएको बताए । ‘नदीजन्य वस्तुको निकासीको ठेक्का लगाउँदा चौतर्फी विरोध हुन थाल्यो,’ उनले भने, ‘विगतमा खैरा बस्ती बिस्थापित हुनु पनि दोहनकै कारण हो । अब उत्खननको ठेक्का लगाउँदा सर्वपक्षीय सल्लाह सुझाव अनुसार मात्रै गर्ने योजना छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]