०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

आठ लाख ५६ हजार मास्क वितरण

Logo
प्रकाशित मंगलबार, भाद्र ०१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१ भाद्र । पछिल्ला चार महिनामा सर्वसाधारणका लागि आठ लाख बढी मास्क नेपाल प्रहरीले वितरण गरेको छ ।

मास्कको प्रयोग नहुँदा कोभिड–१९ सङ्क्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञबाट भनाइ सार्वजनिक भएपछि प्रहरीले गएको वैशाख ६ गतेबाट मास्क वितरण अभियान मुलुकभर नै चलाएको थियो । त्यसपछिको पछिल्लो चार महिनामा आठ लाख ५६ हजार ४७३ जनालाई मास्क निःशुल्करुपमा वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दोस्रो लहरको कोरोनापछि केही समय अभियान प्रभावकारी नभए पनि अहिले सङ्क्रमणमा बढोत्तरी भएसँगै प्रहरीले पुनः मास्क वितरण थालेको छ । ‘तपार्ईंको मास्क खोइ’ अभियानमार्फत प्रहरीले आज पनि २१ हजार ६५६ लाई मास्क वितरण गरेको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियान कै रुपमा सञ्चालन गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ४२० जनालाई रु ४५ हजार ६०० जरिवाना गरिएको प्रहरीले जनाएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने पाँच हजार ११९ लाई सचेत गराइएको, देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको १६६ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत २४ हजारलाई प्रशिक्षित गराइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]