न्यूजमधेश डेस्क
बाँके ,१२ भाद्र। बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको शुक्रबार राति निधन भएको छ ।
नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
यादव नेकपा (एमाले) लुम्बिनी प्रदेशका सदस्यसमेत रहेका थिए । अध्यक्ष यादव निष्ठावान, इमान्दार र नैतिकवान नेताका रुपमा परिचित थिए ।
मधेशी समुदायमा उनलाई ‘प्रधानजी’ भनेर सम्बोधन गरेर आदर गर्थे ।
यसअघि उनी गाउँ विकास समितका उपाध्यक्षसमेत भएका थिए । नेकपा (एमाले) बाँकेले उनको निधनले पार्टी र सिंगो जिल्लाले अभिभावक गुमाएको जनाएको छ ।