१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

महोत्तरीमा रक्तदान गरेर मनाइयो सहिद ‘राममनोहर’को स्मृति दिवस

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ भाद्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको बलवा नगरपालिकामा रक्तदान गरि स्वराज आन्दोलनको प्रथम  सहिद राममनोहर यादवको स्मृति दिवस मनाइएको छ ।

मंगलबार जनमत पार्टी बलवा नगरपालिकाको नगरअध्यक्ष संजय साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रिय सदस्य संजय यादव रहेको थियो ।

स्वराज आन्दोलनको क्रममा २०७५ भाद्र ७ गते तात्कालिक संघीय समाजवादी फोरमका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ मन्त्री उपेन्द्र यादव प्रमुख अतिथी रहेको कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा पक्राउ गरि राज्य विप्लवको मुद्दा लगाई हिरासतमा यातना दिएर बर्दिया प्रहरीले सहिद राममनोहर यादवको हत्या गरिएको आरोप पार्टी केन्द्रिय सदस्य संजय यादवले लगाएको छ।

उनले भने, `उच्च रक्तचापका विरामी समेत रहेका स्व.राममनोहरले नियमित खाने औषधी समेत खान नदिएको र यातना दिएको बेला परिवार संग भेट्न समेत नदिएको´ उनको भनाई रहेको छ।

यता , जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले सिकिस्त भई बेहोस भईसकेपछी मात्र प्रहरीले उपचारका लागी स्व .राममनोहरलाई स्थानीय स्वास्थ चौकी ,जिल्ला अस्पताल हुँदै अन्तमा काठमाडौं लैजाने क्रममा अनावश्यक समय बर्बाद गरि जानीजानी भाद्र १५ गते मृत्युको मुखमा पुर्याउनु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी समेत रहेका पार्टीका केन्द्रिय सदस्य संजय यादव ,जिल्ला सचिव बिरेन्द्र मण्डल र पार्टीका बलवा नगरपालिकाका सम्पुर्ण वडाध्यक्ष,नेता तथा कार्यकर्तासहित ३१ जनाले रक्तदान गरेको पार्टीले जनकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]