न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहटमा महिला जनमत संघ गठन गरिएको छ ।
जनमत पार्टीको राष्ट्रिय उपाध्क्ष ई . बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा भएको जिल्ला स्तरीय महिला भेला कार्यक्रमको विशिष्ट अतिथिमा विशिष्ट अतिथिमा केन्द्रीय सदस्य ललित मलिक र डा . सुबन्त कुशवाहा रहेका थिए ।
सो भेलामा अनिता साहको संयोजकत्वमा ३३ सदस्यीय महिला जनमत संघ रौतहट जिल्ला कार्यक्रमिति गठन भएको छ ।
उक्त कार्यसमितिको सहसंयोजकमा पुनम झा र रागिनी उपाध्यायलाई चयन गरेकी छिन् ।
जनमत पार्टी रौतहट जिल्ला अध्यक्ष रामेश्वर यादव ,उपाध्यक्ष शेख नैमुदीन ,सचिव विकास यादव ,सहसचिव नविन श्रीवास्तव ,कोषाध्यक्ष बिरेन्द्र साहसहित पार्टीको भातृ संगठनको जिल्ला प्रमुखहरुको समेत उपस्थितिमा जिल्ला कार्यासमित गठन भएका हुन् ।
सो कार्यक्रममा पार्टीको जिल्लाभरका प्रमुख महिला नेत्रीहरुसहित २५० जना महिलाहरु सहभागितामा भव्यताका साथ महिला जनमत संघ रौतहटको जिल्ला कार्यसमिति सर्वसहमतिबाट चयन भएको छ।