न्यूजमधेश डेस्क
जनकपुरधाम ,२६ भाद्र । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले सरकारले एमसीसी बारेमा सुझाब मांगेपछी हामि दिने बताउनु भएको छ ।
उनले भने , ‘ एमसीसी हाम्रो एजेण्डाभित्र पर्दैन् । हामीले उठाउनुपर्ने हजारौं एजेण्डा छन् । त्यस विषयमा त बोलिरहेकै छु ।’
अध्यक्ष डा. राउतले एमसीसी विषयमा हामीले बोलेर पनि केहि नहुने बताए । ‘निर्णय गर्ने अधिकार संसदमा बस्नेहरुको हो’, उनले भने, ‘हामीले बोलेर के हुन्छ ? इनर्जी लगाउनु पनि बेकार हुन्छ । टाइम पास मात्र हुनेछ ।’
एमसीसीको बारेमा हाम्रा विज्ञहरुले अहिले अध्ययन नै गरिरहेको बताए ।सरकारले हामीसँग आधिकारिक रुपमा सुझाव माग्यो भने दिने उनको भनाई थियो ।