०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

राष्ट्रिय गौरवका आयोजनालाई प्रभावकारी बनाउछौँ : अर्थमन्त्री शर्मा

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२७ भाद्र । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नवनिर्वाचित कार्यसमितिलाई आज मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा उहाँले राष्ट्रिय महत्वका आयोजनाको कामको अनुगमनमा आर्थिक पत्रकारलाई पनि सहभागी गराइने बताउनुभयो ।

“मन्त्रालयकले अनुगमनमा तपार्इं पत्रकारहरुलाई संस्थागतरूपमा सहभागी गराउँछ, मन्त्रालयले अनुगमन संयन्त्र बनाउँदै छ, कर्मचारी मात्रै गएर अनुगमन प्रभावकारी हुँदैन । हामी सहकार्य गरेर जाऔँ, प्राप्त मूल्यवान समयको सदुपयोग गरौँ”, उहाँले भन्नुभयो ।

सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारको दक्षता अभिवृद्धिका लागि अर्थमन्त्रालयसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनको प्रभावकारिताका लागि अनुसन्धानको काममा पनि सेजनले अर्थमन्त्रालयसँग साझेदारीका काम गर्न इच्छुक रहेको बताउनुभयो । सो अवसरमा अर्थमन्त्री शर्माले खादाका साथ सेजन कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्नुभएको थियो ।

सेजनका पूर्वअध्यक्ष भीमप्रसाद गौतमले अर्थमन्त्रालयसँगको सहकार्यलाई आगामी दिनमा थप समन्वयका साथ अघि बढ्न सेजन नेतृत्व तयार रहेको र मन्त्रालयका कामलाई परिणाममुखी बनाउन आर्थिक पत्रकारको भूमिका प्रभावकारी हुने विश्वास दिलाउनुभयो ।

सेजनको यही भदौ १८ गते सम्पन्न २२औँ साधारणसभा तथा निर्वाचनमा अध्यक्षमा जनार्दन बराल, उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोट निर्वाचित हुनुभएको थियो । त्यसैगरी कार्यसमिति सदस्यमा राससका सीबी अधिकारी, अच्युत पुरी, अमर बडुुवाल, इशारा कोइराला र सोभित थपलिया निर्वाचित हुनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]