न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ असोज। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनमार्फत मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने बताउनु भएको छ ।
बीरगञ्जको पकहामैनपुर गाउँपालिकामा आयोजित एक कार्यक्रममा उहाँले मधेसमा स्वशासनको अधिकार स्थापित नगरेसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले संविधान संशोधन नै आन्दोलनको मुख्य माग भएको पनि बताउनुभयो ।
मधेस आन्दोलनका नेता कार्यकर्तामाथि सरकारले मुद्धा लगाएर विभेद गरेको उहाँको आरोप थियो । तीन वर्षदेखि नागरिकता विधेयक संसदमा अलपत्र अवस्थामा छाडिएको भन्दै ठाकुरले न्यायालयबाट समेत मधेसीलाई विभेद हुने गरेको बताउनुभयो । अर्का नेता राजेन्द्र महतोले देशमा अझै निर्णायक आन्दोलन आवश्यक रहेकोमा जोड दिनुभयो ।