न्यूजमधेश डेस्क
जनकपुरधाम,११ असोज । धनुषाको कमला नगरपालिकाका एक वडाध्यक्षको छोरा गोलीसहित पक्राउ परेको छ ।
कमला नगरपालिका-८ हरिनेका वडाध्यक्ष राजेश्वर मरिक यादवका छोरा सरोज मरिक यादव गोलीसहित पक्राउ परेको छ ।
उनलाई शहिदनगर नगरपालिकाको यदुकुहा विद्यालयबाट पक्राउ गरिएको बुझिएको छ ।