०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मन्त्रिपरिषद्का निर्णय यी हुन्

Logo
प्रकाशित सोमबार, आश्विन ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,११ असोज । सोमबारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बैठकले सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्सँग पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

यस्तै, रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वृीकत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार आजको बैठकले तेजाब तथा अन्य घातक पदार्थको नियमनका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत गर्ने, नेपाल प्रहरी र पैदेश प्रहरीको कार्यसम्पादन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको धिवेयकलाई संसद्मा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै, शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय पनि भएको छ । बैठकले समाजकल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी तथा सदस्य सचिव पुष्कर खाती साथै सदस्यहरू मणिराम बञ्जारे,गोविन्दबहादुर शाही,नानीमाया थापा ,व्रम्हधोज गुृरुङ र सुशिला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने तथा गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोर्खापत्रको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]