न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ असोज । शनिबार डा .सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको ‘मधेश कभरेज अभियान’ अन्तर्गत मधेशका विभिन्न जिल्लाहरुमा नगर तथा गाउँ अधिवेशन सम्पन्न गरिएको छ ।
सोही अभियान अन्तर्गत धनुषा जिल्लामा अधिवेशन गर्न बाँकी रहेका चार स्थानीय तहमा एकैसाथ जनमत पार्टीले नगर अधिवेश सम्पन्न गरिएको हो ।
सोहि अभियान अन्तर्गत जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा ई . रबिन्द्र यादवको अध्यक्षतामा आयोजित नगर अधिवेशन जनमत पार्टीका उप महासचिव ई इन्द्रजित यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त अधिवेशनबाट गुलजारी लाल सिंहको नेतृत्वमा ३१ सदस्यीय नगर कार्यसमिति गठन गरिएको पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहाले जनाए ।
सो समितिको उपाध्यक्षमा धिरज कुमार यादव ,सचिवमा महेश यादव ,सहसचिवमा राजु कुमार दाससहित ३१ सदस्यीय नगर स्तरीय कार्यसमिति बनाएको जिल्ला अध्यक्ष कुशवाहाले भने ।
कार्यक्रममा जनमत पार्टी धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा , सचिव विजय साह , सहसचिव नविन पण्डित र कोषाध्यक्ष किलेश मण्डललगाईत स्थानीय युवा ,विद्यार्थी ,किसान ,व्यापारी ,बुद्धिजीवी ,समाजसेवीहरुको उपस्थितिमा नगर अधिवेशन सम्पन्न गरिएको पार्टीले जनाएको छ ।
त्यसैगरी, मिथिला नगरपालिका ,धनुषाधाम नगरपालिका र विदेह नगरपालिकामा प्रथम नगर अधिवेशन गरेका हुन् ।