०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मुख्यमन्त्रीकाे अर्काे काण्ड , ‘छोरी बीमा’ कार्यक्रममा पनि करोडौ भ्रष्टाचार

Logo
प्रकाशित सोमबार, आश्विन १८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१८ असोज। प्रदेश २ सरकारले अघि सारेको मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा अनियमितता भएको विषयमा चर्चा भइरहँदा त्यही कार्यक्रम अन्तर्गतको ‘छोरी शिक्षा बीमा’मा पनि ब्यापक अनियमितता भएको पाइएको छ ।

मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान नाम दिएर निकै नै तामझामका साथ ल्याइएको कार्यक्रममध्ये ‘छोरी शिक्षा बीमा’ कार्यक्रम अहिले रोकिएको छ । गएको २०७५ माग १ गतेयता जन्मिएका प्रदेशका सबै छोरीहरुको प्रदेश सरकारले निशुल्क बीमा गरिदिने घोषणा मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका थिए ।

कार्यक्रम अन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकाहरूलाई १ लाख २५ हजारको बीमा प्रदेश सरकारले गरिदिने गरेको थियो । बीमाका लागि प्रदेश सरकार र प्रभु बैंकबीच सम्झौता नै भएर काम पनि भएको थियो । तर गएको वर्षदेखि भने यो कार्यक्रम रोकिएको छ ।

महालेखाको प्रतिवेदनले ‘छोरी शिक्षा बीमा’को नाममा प्रदेश सरकारले गरेको खर्चको विषयमा प्रश्न उठाएको छ ।

प्रदेश सरकारले प्रदेशभरीका २ हजार ७ सय ७८ छोरीको बीमा गर्दा १४ करोड ९९ लाख ८७ हजार रुपैयाँ बैंकमा उपलब्ध गराएको जनाएको छ । तर ती छोरीहरुको मुद्दती खाता संचालन भए नभएको तथा बीमा पोलिसी जारी गरे नगरेको प्रमाण भने प्रदेश सरकारले दिन सकेको छैन । यसले छोरी बीमाको नाममा पनि अनियमितता भएको महालेखाको प्रतिबेदनले उल्लेख गरेको हो ।

प्रदेश सरकारले छोरी बीमा बापत एक छोरीको एक पटकमा ३७ हजार रुपैयाँका दरले २ हजार ७ सय ७८ छोरीको नाउँमा प्रदेश सरकारले प्रभु बैंकमा प१४ करोड ९९ लाख ८७ हजार रुपैयाँ एकमुष्ट जम्मा गरेको थियो ।

महालेखाको प्रतिबेदनले तोकिएको कार्यमा खर्च भएको सुनिश्चितता नभएको देखिएको भन्दै प्रदेश सरकारको काम प्रति प्रश्न उठाएको हो ।

साइकल वितरणमा अनियमितता भएको बारे बुधबारमात्रै मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापामारी गरेर आवश्यक फाइल नियन्त्रणमा लिएको छ । छोरी बीमा कार्यक्रममा पनि मुख्यमन्त्री कार्यालयले उस्तै अनियमितता गरेको भन्दै यसबारेमा पनि छानविन हुनुपर्ने अहिले सामाजिक सञ्जालमा आवाज उठेको छ ।

‘छोरी बीमा’ कार्यक्रमका लागि प्रदेशका ८ वटै जिल्लामा खटाइएका प्रतिनिधिमा मुख्यमन्त्रीले आफ्ना मान्छे भर्ति गरेको भन्दै आलोचना पनि भइरहेको छ ।-दिशा निर्देशन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]