१५ कार्तिक २०८१, शुक्रबार
01-11-2024 , Fri
×

जसपाको झण्डा र यादवको पुतला जलाइयो

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

न्यूजमधेश डेस्क
वीरगन्ज, २२ असोज । वीरगन्जमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीको झण्डा जलाइएको छ ।

जसपाकै नेता कार्यकर्ताहरुले उपेन्द्रविरुद्ध नाराबाजी गर्दै पुतला जलाउनुको साथै पार्टीको झण्डासमेत जलाएका हुन् ।

वीरगन्जका प्रभावशाली युवा नेता तथा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै नेता कार्यकर्ताहरु नाराबाजी गर्दै आक्रोश पोखेका छन् ।

आक्रोशित नेता कार्यकर्ताहरुले ‘उपेन्द्र कुता मार जुत्ता’ र ‘काला नाग उपेन्द्र यादव मुर्दावाद’ भन्दै युवाहरूले पुतला जलाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]