०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

धनुषाको लगमामा ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ असोज। धनुषामा पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

कमला नगरपालिका वडा नम्बर ३ पर्सा घर भएका नागे साह सुडीको लगमा र माचीको बिचमा नहर नजिकको कल्भर्टमा मृत अबस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

गत बिहीबार दशैको पहिलो दिन घटस्थापनाको साँझदेखि हराइरहेका ५५ वर्षीय साह मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रबीन मैनालीले जानकारी दिए ।

साह गत बिहीबार बेलुका आफ्नै श्रीमतीसँगै लगमा बजार गएका थिए । तर लगमा बजारमा आयोजना गरिएको आर्केस्ट्रा हेरेर फर्किने बताएपछि साहकी पत्नी सुनितामात्रै घर फर्किएकी थिइन् । तर सो रात घर नआएपछी उनको खोजी गर्दा गर्दै ५ दिन पछी शव फेला परेको हो ।

स्थानीयहरुका अनुसार साह मदिरा सेवनकर्ता थिए । उनी मदिरा पिएर घरतर्फ गैरहेको बेला कल्भर्टमा लडेको र सोही क्रममा उनको मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मैनालीले बताए ।

घट्ना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]