११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

राजनीतिक र सामाजिक समावेशिता माग गर्दै अफगानिस्तानमा प्रदर्शन

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२५ असोज।अफगानिस्तानमा दर्जनौँ महिला अधिकारकर्मीले राजनीतिक तथा सामाजिक समावेशिताको माग गर्दै प्रदर्शन गरेका छन्।

तालिवानले गठन गरेको कामचलाउ सरकारमा महिला सहभागिताको माग गर्दै उनीहरूले राजधानी काबुलमा प्रदर्शन गरेका टोलो न्युजलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

नयाँ सरकारमा आफूहरूको भूमिका स्पष्ट नभएसम्म प्रदर्शन नरोक्ने अधिकारकर्मीहरूको अडान छ। ‘नयाँ सरकार र उनीहरूको शासनकालमा महिलाको हकअधिकार, स्वतन्त्रता, सहभागिता र समावेशिताको विषय अझै पनि अनिश्चित र अन्याेलपूर्ण रहेकाले त्यसतर्फ हामीले ध्यानाकर्षण गराएका हौँ,’ एक महिला अधिकारकर्मीले भनिन्।

उनका अनुसार अफगानिस्तानमा महिला अधिकार, स्वतन्त्रता र समावेशिताको माग गर्दै सयभन्दा बढी देशमा प्रदर्शन भएको छ।

विश्वभरिबाट दबाब भए पनि महिला अधिकारको पक्षमा तालिवान सरकारले उदारता देखाएको छैन। तर, महिलाको शिक्षा, रोजगारी र राजनीतिक क्षेत्रमा महिला सहभागिता गराउने प्रतिबद्धता भने जनाउँदै आएको छ।

विश्व समुदायलाई आफूहरू सुध्रिएको, उदार भएको देखाउन तालिवान सरकारले मौखिक प्रयास गरे पनि व्यवहारमा भने देखिएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]