न्यूजमधेश डेस्क
सघारा ,३० असोज । धनुषाको कमला नगरपालिका ४ सघाराका दुर्गा पुजा समितिले आयोजना गरेको झिझिया नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
दुर्गा पुजा समिति सघाराका अध्यक्ष राम जुलुम गोइतको अध्यक्षतामा भएको झिझिया प्रतियोगितामा २ वटा टिमले सहभागिता जनाएको थिए ।
सो प्रतियोगितामा सघारा महरा टोलको टिम र भलुवाहा मुसहरीको झिझिया टिम रहेको थियो ।दुवै झिझिया टिमले
प्रतियोगितामा बराबर भएको मेला समितिले बताए ।
दुवै झिझिया टिमलाई कपडा र नगदसहित झिझिया खेल्ने किशोरीहरु र दुवै टिमका धामीलाई मेला समितिका अध्यक्ष राम जुलुम गोइतले सम्मान गरेको थियो ।
कार्यक्रममा दुर्गा मन्दिर समितिका संस्थापक अध्यक्ष उपेन्द्र यादव मास्टर साहेब ,समिताका सचिव राजेन्द्र यादव ,कोषाध्यक्ष निभा देवी यादव ,समितिका पदाधिकारी धर्मनाथ मण्डल ,स्थानीय युवा नेता मनिक लाल मण्डल ,जगतलाल मण्डल ,पप्पु गोइवार,राम नगिना साह,कृष्ण साहसहित स्थानीय बुद्धिजीवी ,समाजसेवी ,शिक्षकलगाईत हजारौंको संख्यामा दर्शकहरुको उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको हो ।
झिझिया नृत्य प्रतियोगिता पाँच चरणमा भएको कार्यक्रम संचालक बिनोद महराले बताए ।