०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

जलाद पुलको अवस्था जोखीमपूर्ण, सम्वन्धित निकाय तमासा मात्र हेर्दै

Logo
प्रकाशित सोमबार, आषाढ ३०, २०७६

गोविन्द ठाकुर, जनकपुरधाम । लागातार एक हप्तादेखी जारी रहेको मुसलेधारे वर्षाको कारण धनुषा सहीत देशभरको जनजीवन कष्टकर बन्दै गइरहेको बेला धनुषा जिल्लाको औरही गाउँपालीका वाडा नं.–१ पौडेश्वर स्थित जलाद पुल जोखीमपूर्ण अवस्थामा पुगेको छ ।

जनकपुर देखी यहुकोहा जाने सहीद पथको अवस्था दैनिय बन्दै गइरहेको छ । जलाद पुल संरक्षणको लागी लगाइएको टटबन्ध पुलको अगारी र पछारी दुवैतिर पानीले बगाएपछी लगभग सयौँ विग्हा खेतवालीलाई बालुवाले पुरिदिए पछी किसानहरु पनि चिन्तीत भएका छन् ।


पुलको उत्तरी पूर्वको बाँध तोरेपछि अहीले पौडेश्वर गाउँमा पानी पस्न लागेको छ ।आइतवार देखी नै जलाद पुलको अवस्था विग्रेको हेरे पनि सम्वन्धित निकाय कानमा तेल हाली तमासा मात्र हेर्दै गरेको स्थानिय तथा वाटोमा आवतजावत गर्ने यात्रुहरुले गुनासो गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]