न्यूजमधेश डेस्क
जनकपुरधाम,२ कार्तिक ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले वर्षाबाट प्रभावित किसानलाई राहत प्रदान गर्न तिनै तहका सरकारसँग माग गरेका छन् ।
बाढी र डुबानबाट किसानहरू निकै मर्कामा परेको उल्लेख गर्दै अध्यक्ष राउतले क्षतिको यथार्थ विवरण संकलन गर्न लगाई क्षतिपूर्ति प्रदान गर्न माग गरेका हुन् ।
उनले मंगलबार एक विज्ञप्ति जारी गरी स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार समक्ष पीडित किसानहरुलाई राहत प्रदान माग गरेका छन् । साथै उनले किसानहरुको हरेक दुःख र पीडामा जनमत पार्टी सदैव साथ रहने तथा किसानको माग पूरा गराउन पार्टी प्रतिबद्ध रहने दृढता व्यक्त गरेका छन् ।
किसानहरुले धानबाली भित्र्याउने समयमा देशभर परेको मुसलधारे वर्षाका कारण बालीनाली नष्ट भएको छ ।