०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

महुली नदि बाँधको ठोस मर्मत नहुँदा, स्थानियबासी समस्यामा

Logo
प्रकाशित बुधबार, कार्तिक ०३, २०७८

कमल कमार मण्डल
राजविराज, ३ कार्तिक । महुली नदिको बाँध भत्किदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा करिब ३ सय परिवार समस्यामा परेका छन् । देशभरिमा भएको बेमौसमी वर्षाका कारण नदिको जल सतह बढे पश्चात, बाँध भत्किदा वस्तीमा पानी पसेको हो ।
‘वर्षेनी यस्तो समस्या खेप्दै आएको’ स्थानीय जितेन्द्र यादवले भने- स्थानीय, प्रदेश र संघिय सरकारले एक अर्काका भरमा बस्दा ठोस पहल हुन सकेको छैन ।’
‘नदि किनारमै रहेका दलित समुदायका बासिन्दालाई कष्टकर अवस्था खेप्नु पर्ने’ अर्की स्थानीय मिना मल्लिकले भनिन् – ‘मंगलवार राति अचानक बाढी पस्दा, राति समेत खाना पकाउन सकिएन ।’ उनी थपिन-जनप्रतिनिधिले केही बोरामा माटो भरिएर बाँधलाई मर्मत गर्छन् तर, नदिमा पानी बढ्दा फेरि अवस्था उस्तै हुन्छन् । राहत स्वरुप च्युरा, भुजा दिएर हुदैन, हामीलाई अर्को ठाउँमा विस्थापित गर्नुस् कि ठोस बाँध निर्माण गर्नुस उनिहरुको माँग रहेका छन् ।
नदिमा बाढी आए मात्रै यहाँका सरोकारवाला जाग्छन्, कहिले बोरा, पाइलिंग लगायतका तत्कालीन समाधान खोज्ने गरेको प्रति सुरेन्द्र यादवले पिडा सुनाए । यता पटक पटक बाढी आएपनि ठोस मर्मत नगर्दा सोही ठाउँमा लगाइएको धानबाली, केरा खेती, आलु खेती समेत नष्ट भएको सोही वडाका अध्यक्ष विजय यादवले बताए ।
आज (बुधवार) सप्तरीका सिडियो जनार्दन गौतमसहितका टोलीले निरीक्षण गरेपश्चात तत्कालीन पानी रोक्ने कार्य गर्ने र सम्बन्धित निकायसँग समन्वय गरि छिट्टै ठोस मर्मत गर्ने निर्णाय भएको उनले जानकारी दिएँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]