०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन वीरगञ्जमा

Logo
प्रकाशित बिहिबार, कार्तिक ०४, २०७८

न्यूजमधेश डेस्क
पर्सा ,४ कार्तिक । वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’को तयारी पूरा भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अनुसार सम्मेलनका लागि आवश्यक सबै तयारी पूरा भएको हो ।

उद्यमी भइसकेका महिलालाई प्रोत्साहन गर्न र उद्यमी बन्न चाहनेलाई उत्प्रेरित गर्न सम्मेलनको तयारी गएिको मञ्चका अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो । सम्मेलनमा देशका विभिन्न स्थानबाट १५० महिला उद्यमी सहभागी हुने छन् ।

सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा सङ्घर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तक्र्रिया हुनेछन् । सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रको बारेमा दक्ष अनुभवी व्यक्तित्वबाट सिक्ने अवसर मिल्ने आयोजकको दाबी छ ।

सम्मेलनबाट महिलालाई उद्यमशीलतामा अघि बढ्न प्रोत्साहन मिल्ने आयोजकको दाबी छ ।

सम्मेलनमा बुटिक, मेहन्दी, घरेलु लगायत महिला उद्यमीले उत्पादन गरेका विविध सामग्रीसहितको १० वटा कक्ष समेत राखिनेछ । बिक्रीका लागि नभई पहिचान नपाएका उद्यमी महिलाको वस्तु वा सेवाको बारेमा जानकारी प्रदर्शनीकक्षमार्फत दिइने तयारी आयोजकले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]