०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सप्तरी सदरमुकाम राजविराजमा सिटी जुलुस: जनमत पार्टी

Logo
प्रकाशित सोमबार, कार्तिक ०८, २०७८

राजविराज, ८ कात्तिक । जनमत पार्टीले निर्धारण गरिएको बमोजिम सप्तरी सदरमुकाम राजविराजमा सिटी जुलुस पर्दर्शन गरिएको छ ।
राजविराज स्थित रहेको पार्टी कार्यालयबाट निकालिको र्‍याली बजारको विभिन्न ठाउँ परिक्रमा गर्दै शिव मन्दिरको प्रागंणमा कोण सभामा परिणत गरिएको थियो ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज (सोमवार) सिटी जुलुस आयोजना गरिएको पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले जानकारी दिए ।
बीहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारेर, कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएका छन् ।
सोही नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब तथा निःशर्त रिहाईगर्न वक्ताहरुले जोड दिए । भ्रष्टाचारको आरोप लगाउदै भ्रष्टाचारीहरु राजिनामा दे, जनता राज- जिन्दाबाद, हाम्रो माग -पूरा गर लगायतका नाराहरुसमेत लगाएका थिए ।

यता भ्रष्टाचारको विरुद्धमा आवाज उठाएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विहिवार जिल्ला प्रहरी कार्यालय धनुषा स्थित प्रहरीले १७ जना कार्यकर्तामाथि झुठ्ठा मुदा गरि नियन्त्रणमा राखिएको पार्टीले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जिल्लाबाट विभिन्न स्थानिय तहबाट आएका ५ सय भन्दा बढी नेता, कार्यकर्ताहरुको सिटी जुलुसमा सहभागीता रहेको जनमत पार्टी सप्तरीले जनाएको छ । भोली (मंगलवार) पालीकामा माइकिंङसहित बाइक र्‍याली गर्ने कार्यक्रम रहेको सचिव साहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]