०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सर्लाहीको हरिपुर्वा नगरपालिकामा जनमतको अधिवेशन सम्पन्न

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,९ कार्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिकामा जनमत पार्टीको प्रथम अधिवेशन मंगलबार सम्पन्न भएको छ।

मंगलबार नगरपालिकाको वडा नम्बर ६ पुरना बजारमा सम्पन्न भएको जनमत पार्टीको नगर अधिवेशनबाट दिनेश रायको अध्यक्षतामा २१ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ।

सो समितीको उपाध्यक्षमा ललिता देवी,सचीवमा महेशी राय ,सहसचिवमा निलु कुमारी बैठा रहेको छ।

त्यसैगरी सदस्यमा अमता खातुन,नारायण मण्डल ,रामजी ठाकुर,राम कैलाश साह,बिरेन्द्र राय,शान्ती देवि ,पुनम देविलगाइत २१ सदस्यीय नगर स्तरीय नयाँ कार्यसमिति गठन गरिएको छ।

जनमत पार्टीका उपमहासचिव ई.इन्द्रजित यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको नगर अधिवेशनमा जनमत पार्टीका सचीव संजय यादव विशिस्ट अतिथि रहेको थियो ।

उक्त कार्यक्रममा पार्टीका नेता रबिन्द्र साह,गनेशी मण्डल ,प्रवेश्वर साह,जोग कुमार र बबिसन साहहरुको विशेष उपस्तिथिमा नगर अधिवेशन सफलता पुर्वक सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]