०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ढल्केवरमा मोटरासइकल जुलुस

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० कार्तिक ।डा.सिके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको मिथिला नगरपालिकामा मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन् ।

जनमत पार्टी मिथिला नगरपालिकाका अध्यक्ष सरोज कुमार सिंहको अगुवाइमा मोटरसाइकल जुलुस निकालिएको छ।

उनीहरु आफ्ना नेताकार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार मंगलबार मिथिला नगरपालिकाको ढल्केबरसहित प्रदेश २ का जिल्लाहरुमा जनमत पार्टीले प्रदर्शन गरेको हो ।

भ्रष्टाचारीलाई कारबाही गर, झुठा मुद्दा खारेजज गर, डा. सिके राउत जिन्दावाद सहितका नेताकार्यकर्ताहरुले नगरपरिक्रमा गरेका थिए ।

गएको बिहीबार जनकपुरधाम स्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहामाथि जनकारबाही गरेपछि १७ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]