२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

गुणस्तरहीन भन्दै सडक ढलान कार्य युवाहरुले गरे अवरोध

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ कार्तिक।जनकपुरधाम– ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिका –७ स्थित सडक ढलान कार्यलाई गुणस्तरहीन बताउँदै स्थानीय युवाहरुले अवरोध गरेका छन् ।

युवाहरुको विरोध पछि निर्माण कार्य बुधबार रोकिएको छ । ईस्टिमेटमा ८ ईन्च मोटो ढलान उल्लेख रहेपनि ७ ईन्च मात्र ढलान गरेको, एक, डेढ र तीनको भागमा केमिकल सहित कंक्रिट ढलान हुनु पर्नेमा ९ गिट्टी ,४ बालुवा तथा १ बोरा सिमेन्ट मिसाएर ढलान गरिएको भन्दै उनीहरुले ढलान कार्यमा अवरोध पुर्याएका छन् ।

डिभिजन सडक कार्यालय मुजेलियाको योजना अन्तर्गत राजमार्गदेखि गाउँपालिका अस्पताल सम्मको चार सय मिटरमा आरसीसी ढलान गर्न लागिएको साईट ईन्जिनियर शम्भु मोचीले जनाए ।

२० सेन्टिमिटर मोटाई ,६ मिटर चौडाई तथा चार सय मिटर सडकमा ढलान गर्नु पर्ने ईस्टिमेट अनुसार नै काम भईरहेको ईन्जिनियर मोचीले दावी गरे ।

स्थानीय युवाहरुको अवरोध पछि ढलान कार्य स्थगित गरिएको र बिहीबार काम सुचारु गर्न स्थानीय जनप्रतिनिधि र स्थानीयवासीहरुसंग छलफल गरी काम अघि बढाईने मोचीले थपे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]