०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

लौनियाँमा विभिन्न कार्यक्रम गरि लक्ष्मी पुजनोत्सव मनाउदै

Logo
प्रकाशित शनिबार, कार्तिक २०, २०७८

राजविराज, २० कार्तिक । शुभदिपावली तथा लक्ष्मी पुजाको अवसर पारेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर–२ लौनियाँमा विभिन्न कार्यक्रम गरि लक्ष्मी पुजा मनाइरहेका छन् ।
ग्रामदेवता प्रांगणमा आयोजना गरिएको पुजा तथा सांस्कृतिक कार्यक्रममा सहयोग गरेका कलाकार र पुजा समितिलगायत स्थानिय बुद्धजीवी/समाजसेवीहरुको महालक्ष्मी पुजा समितीले आज (शनिवार) एक समारोहका बिच सम्मान गरेको हो ।
वि.स. २०६९ सालदेखी निरन्तरता दिदैँ, यस वर्ष समेत विभिन्न कार्यक्रमहरु गर्दै भव्यताका साथ महालक्ष्मी पुजनोत्सव मनाइएको पुजा समितिका अध्यक्ष शिवनारायण मण्डलले जानकारी दिए ।
‘पुजनोत्सवमा आयोजना गरिएको विभिन्न कार्यक्रमहरुको प्रंससा गर्दै’ सोही कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले ‘कुलतमा नलाग्न युवाहरुलाई आग्रह गरे ।’
शिक्षा, खेलकुद, संगीतलगायतका विभिन्न क्षेत्रमा लौनियाँ अगाडि रहे पनि, अझै कुलतलाई बिर्सेर आफ्ना प्रतिभा देखाई युवाहरुलाई अगाडि बढनुपर्ने उनको भनाई थियो ।
संघीय सांसद दुलारी देवी खंगको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, वडा अध्यक्ष खगेन्द्र मण्डल, अतिथि उमेश्वर आधारभुत विद्यालयका प्र. अ. प्रदिप मण्डल, वडा सदस्य विरेन्द्र मण्डल, दिनेश मण्डल, चन्दना देवी मण्डल, सिता देवी खंग, समाजसेवी महेन्द्र प्रसाद खंग, रामनारायण मण्डललगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा युवा गायक रिजवान खान, शोभाकान्त चौधरी, शंकर राम, सुरेन्द्र कुमार मण्डललगायतका कलाकारहरुको सम्मान गरेको थियो भने, साँस्कृतिक कार्यक्रमका संयोजक रामफुल मण्डल, पुजा समितिका सहयोगी लक्ष्मी मण्डल, विरेन्द्र मण्डल, पवन कुमार शर्मा, ज्योतिश मण्डल, विद्यानन्द खंग, विरेन्द्र मण्डललगायतका सहयोगीहरु सम्मानित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]