०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

देशमा राजनीतिक व्यवस्था परिवर्तन भएपनि पुख्य्रौली राज्य कायमैः डा. राउत (भिडियाे सहित)

Logo
प्रकाशित शुक्रबार, कार्तिक २६, २०७८

राजविराज, २६ कार्तिक ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतले देशमा विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भएपनि समाजमा पुख्य्रौली राज्य कायमै रहेको बताएका छन् । सप्तरीको बोदेबर्साइन नगपालिका वडा नम्बर ७ मानराजा स्थित बिहीवार आयोजना गरिएको जनमत पार्टीको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
राजा, राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि समाजमा अझैे बाबुसाहेबहरुको राज्य कायम नै रहेको बताए ।
‘उक्त समस्याहरुलाई उन्मुलन गर्ने नै जनमत पार्टीको प्रमुख लक्ष्य रहेको बताउदै’ प्रमुख अतिथि डा. राउतले भने– ‘जनताका अनुसार चल्ने नै पार्टीको मुख्य धारणा रहेको छ ।’
साइकल चढने क्षमता नरहेको नेता अहिले महंगो गाडी चढनुकासाथै विभिन्न ठाउँमा घर बनाएको छ, तर जनता विना चपलले हिड्न बाध्य रहेको उनको भनाई थियो ।
बहुरुपीयाहरुले पटक पटक पार्टीको नाम बदलेर समाजमा राज्य गरी हामी माथी शोषण गर्दै आएको बताए । ‘चुनावमा हामीले सजिलै तरीकाले प्रलोभनमा परी मत बेच्दै आएको बताउदै’ डा. राउतले ‘बालबालिकाको भविष्य नबेच्न आग्रह गर्दै लाउडस्पीकर (हार्न) छापमा मतदान गरी जनता राज स्थापना गर्नुपर्ने बताए ।’ कार्यक्रममा विशिष्ट अतिथि पार्टीका केन्द्रिय उपाध्यक्ष बबिता ईसर, उपमहाचिव ई. ईन्द्रिजित यादवलगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरेको थियो ।

https://www.youtube.com/watch?v=jKfl-T5NVDA

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]