न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ मंसिर ।डा
सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ।
आज जनमत पार्टीको केन्द्रिय सचिवालय जनकपुरधाममा पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतको अध्यक्षतामा केन्द्रिय कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ।
सो बैठकमा भोलि मंसिर २८ र २९ गतेको धनुषाको ढल्केवरमा
बस्न लागेको केन्द्रीय विस्तारित बैठकमा संगठन विस्तार, पार्टीको अगामी कार्यदिशा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जनमत पार्टीका उपमहासचिव ई इन्द्रजित यादवले बताए ।