०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

कांग्रेसको १३ जना पदाधिकारीमा एक महिलामात्र निर्वाचित

Logo
प्रकाशित शुक्रबार, पुष ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ पुष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीसम्मको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

शुक्रबार अपरान्हसम्म समावेशीतर्फ आठ जना सह–महामन्त्रीको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सबै पदाधिकारीको मतगणना सकिएको छ ।

सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारीमा जम्मा एक जनामात्र महिला निर्वाचित भएका छन् ।

खुला र महिला खुलामा सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना र कमला पन्त गरी तीन महिला नेतृ पदाधिकारीमा प्रतिस्पर्धा गरेका थिए ।

तर, चुनावी प्रतिस्पर्धामा महिला खुला अन्तर्गत महालक्ष्मी उपाध्याय डिना मात्र विजयी भएकी छिन् । पदाधिकारीमा एक कोषाध्यक्ष केन्द्रीय कमिटीले मनोनित गर्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]