११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

किसान महार्‍याली भव्य रुपमा सम्पन्न गर्न डा. राउतको आग्रह

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

जनकपुरधाम, २९ पुष । जनमत पार्टीले आह्वान गरेको किसान महार्‍याली भव्य रुपमा सम्पन्न गर्न पार्टीका केन्द्रिय अध्यक्ष डा. सि के राउतले आग्रह गरेका छन् । प्रत्येक जिल्लाको सदरमुकाममा भोली (शुक्रवार) आयोेजना हुने महार्‍यालीको सफल बनाउन उनले यस्तो आग्रह गरेको हो ।

‘विरोधीले फैलाएको भम्रमा नपर्न आग्रह गर्दै’ पार्टीका सचिवालयले– ‘कोरोनाका कारण कार्यक्रम बन्द नगरेको जनाएको छ । किसान आन्दोलनलाई लक्षित गरी प्रहरीले किसानमाथि अवरोध गरेमा, आन्दोलनकारी प्रतिकारमा उत्रन बाध्य हुने जनाएको छ । उक्त कार्यबाट हुने क्षतिको जिम्मेबार नेपाल सरकार र स्थानीय प्रशासन स्वयं नै हुने लेखेका छन् ।

सम्पुर्ण पार्टीले आ–आफ्ना राजनितिक आमसभा, भेला, अधिवेशनलगायतका कार्यक्रमहरु जारी नै राखेको सचिवालयले उल्लेख गरेका छन् । पूर्ण रूपमा लकडाउन नभए तथा विभिन्न राजनितिक पार्टीका कार्यक्रमहरू बन्द नभएसम्म, किसान आन्दोलन जारी रहने पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]