०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

यसरी भयो राजविराजमा किसान महार्‍याली: हेर्नुहोस तस्बिरहरु

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

राजविराज, ३० पुस । सप्तरीको राजविराजमा जनमत पार्टीले किसानहरुको विभिन्न माग राख्दै शुक्रवार प्रदर्शन गरेका छन् । पार्टीले आह्वान गरे अनुसार विभिन्न गाउँका टोल टोलबाट किसानहरुले हलो, कोदालो, पराल, मलका खाली बोरालगायतका कृषि औजारहरुसहित प्रदर्शन गरेको हो ।
राजविराज स्थित राजरंगशालाबाट निकालिएको र्‍याली बजारको विभिन्न भागमा नाराहरुसहित परिक्रमा गर्दै गजेन्द्र चौकमा कोणसभामा परिणत गरिएको थियो ।
उक्त कोणसभामा पार्टीका नेता, कार्यकर्ताहरुले सम्बोधन गर्दै, किसानहरुको माग प्रति सरकार गम्भीर नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
समयमा मलखाद्यको व्यवस्था गर, सिचाईको व्यवस्था गर, उखु किसानको भुक्तानी गर, किसान कार्डको व्यवस्था गर, किसानमाथिको दमन गर, किसानमाथि लगाइएको झुठा मुदा खारेज गर, फसलको उचित मुल्य निर्धारण गरलगायतका नाराहरुसहित प्रदर्शन गरिएको थियो ।





कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]