०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

महोत्तरीमा सर्प टोकाइबाट एक जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, साउन ०४, २०७६

सोलिन्द्र चौधरी ,जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिका वाड न 2 स्थित रहेको विश्वकर्मा चोकमा सर्पको टोकाइबाट एक व्यक्तिको ज्यान गएको छ।

शनिबार विश्वकर्मा चोकमा चिया पसल संचालन गर्दै आएका बर्दिवास 4 घर रहेको 45 वर्षिय शिवनाथ महतोको मृत्यु भएको छ । महतोले आफ्नै चिया पसलको छाना मर्मत गर्ने क्रममा गौहमन सर्पले टोकेको पहिचान गरिएको छ।

उनलाई उपचारको लागि सर्लाहिको नवलपुरमा स्थित रहेको सर्पदंश उपचार केन्द्रमा लगिएको थिए। केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई बर्दिवासको शुभस्वस्तिक अस्पतालमा लगिएको थियो । शुभस्वस्तिक अस्पतालमा प्रवेश गर्दा“ डाक्टरले उनको मृत्यु भैसकेको ईलाका प्रहरी कार्यालय बर्दिवासले बताएको छ। मृत शरिरलाई पोस्टमार्टमको लागि जलेश्वर पठाएको प्रहरी नायक उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]