न्यूजमधेश डेस्क
जनकपुरधाम,३ फागुन।जनकपुरमा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।
जनमत पार्टीले जनकपुरधाममा उपमहानगरपालिका ७ वाल्मीकि नगरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले ,नेकपा माओवादी केन्द्र ,नेपाली कांग्रेस र लोसपा परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।
उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले फुलमाला अबिर लगाएर पार्टी प्रवेश गराउनुभयो।
सो कार्यक्रममा जनमत पार्टी राष्ट्रिय सचीव अनिता साह,केन्द्रिय सदस्य अञ्जली मण्डल ,सजय यादवसहितका नेताहरुको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो।