१४ कार्तिक २०८१, बिहिबार
31-10-2024 , Thu
×

सिरहाको मिर्चैयामा जनमत पार्टीमा प्रवेशको लहर

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८

न्यूजमधेश डेस्क
सिरहा,८ फागुन । सिरहाको मिर्चैया नगरपालिकामा डा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेशको लहर चलिरहेको छ।

आइतबार पनि मिर्चैया नगरपालिका- ९ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७२ जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

स्थानीय नेता राम करण यादवको नेतृत्वमा उनिहरु पार्टी प्रवेश गरिएको जनमत पार्टीका केन्द्रिय सदस्य निर्मल मण्डलले बताए ।

नेता मण्डलले भने,’नेपाल कांग्रेस ,एमाले ,माओवादी र जसपालगाइतका पार्टीहरु छाडेर उनिहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको हो।’

नव प्रवेशीहरुलाई जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार यादव र निर्मल मण्डलले अबिर फुलमाला लगाएर पार्टीमा स्वागत गरे ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]