२७ फाल्गुण २०८१, बुधबार
12-03-2025 , Wed
×

जनमत पार्टीद्वारा विदेशमा मृत्यु भएका योगेन्द्रको परिवारलाई आर्थिक सहयोग

Logo
प्रकाशित आइतबार, फाल्गुण १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ फागुन।बैदेशिक रोजगारीको क्रममा दुबईमा निधन भएका जिल्ला धनुषा सबैला नगरपालिका वडा नम्बर १२ का योगेन्द्र भेडिहरको लास व्यवस्थापनसहित परिवारलाई आर्थिक सहयोग पनि जनमत पार्टीले गरेको छ ।

कर्मचारी जनमत संघका राष्ट्रिय नेता एवं समाजसेवी विनोद पालको अध्यक्षतामा जनमत पार्टीकी सचिव अनिता साह , गैर आवासीय मधेशी संघका कोषाध्यक्ष सन्त साह र प्रेस जनमत संघका राष्ट्रिय अध्यक्ष बीपी साहलगायतको उपस्थितिमा शनिबार पीडित परिवारलाई लास व्यवस्थापनपछि बाँकी रहेको एक लाख ९० हजार २ सय ५० रुपैंया हस्तान्त्ररण गरिएको छ । पीडित परिवारलाई थप सहयोग गर्ने बाँचा पनि जनमत पार्टी रघुनाथपुर परिवारले गरेको छ ।

उक्त अभियानमा सहयोग गर्ने गैर आवासीय मधेशी संघ (एनआरएमए) दुबई शाखा र अन्य विभिन्न सहयोगीहरुलाई जनमत पार्टीले धन्यवाद दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]