न्यूजमधेश डेस्क
नवलपरासी ,१५ फागुन।डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा राप्रपाका कोषाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ताहरु पार्टी प्रवेश गर्नुभएको हो।
आइतबार रामग्राम नगरपालिका-१३ कुनारेमा राखिएको पार्टी प्रवेश कार्यक्रममा राप्रपा रामग्राम नगरपालिकाका कोषाध्यक्ष सरस्वती चौधरीलगाइत विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।
उनिहरुलाई अबिर र खादा लगाएर जनमत पार्टीका केन्द्रिय सदस्य बालगोबिन्द चौधरी,पार्टीका महिला नेत्री निलु चौधरीले पार्टीमा स्वागत गरेकी छिन।
सो कार्यक्रममा पार्टी केन्द्रिय ,जिल्ला र स्थानीय नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम भएको थिए।