११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्नु गलत : नेकपा एमाले

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१६ फागुन।एमालेले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्नु गलत भएको जनाएको छ। अन्तर्राष्ट्रिय कानुनले नचिनेको व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नरहने एमालेको दाबी छ।

एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले एमालेले संसद् अवरोध गरिरहेको अवस्थामा जबर्जस्ती पारित गर्नु गलत भएको बताए।

‘अन्तर्राष्ट्रिय कानुनले यो व्याख्यात्मक टिप्पणी चिन्दैन। यसरी पारित गर्नु भनेको लाज पचाउनु र सत्ता मोह मात्रै हो,’ उनले भने, ‘नहुनुपर्ने भयो।’ उनले नेपाल जस्तो जिम्मेवार मुलुकले यो कसरी गर्‍यो भन्ने कुरा आएमा यसको जिम्मेवारी, जवाफदेही को हुने भन्दै प्रश्न गरे।

‘एमसीसी दुई पक्षीय सम्झौता हो। जुन अनुमोदन गरियो भनिएको छ, तर दुईपक्षीय सम्झौतामा आरक्षण हुँदैन, व्याख्यात्मक टिप्पणीको नाममा जे गरियो त्यो गलत हो,’

उनले भने, प्रमुख प्रतिपक्ष दलसँग छलफल र सल्लाह नै नगरी एकतर्फी रूपमा व्याख्यात्मक टिप्पणी गरिएको उनले बताए। संसद्मा बोल्ने अधिकांश सांसदले पनि यो स्थितिमा जबर्जस्ती गर्न नहुनेमा ध्यानाकर्षण गराएको उनले बताए।

सत्तापक्ष र सभामुखले सदन रोकेर विपक्षीको माग सम्बोधन गरेर मात्रै यस्तो संवेदनशील विषयमा निर्णय गर्नुपर्नेमा नगरेकोमा उनको आपत्ति थियो।

एमालेले विगत ६ महिनादेखि १४ जना सांसदको कारबाहीको सूचना टाँस गर्नुपर्ने मागसहित संसद् अबरोध गरिरहेको छ। उसले पछिल्लो समयमा सूचना टाँस नभएको भन्दै सभामुखको पनि राजीनामा माग गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]