११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

कांग्रेसको धनुषा सभापतिका लागि भोलि मतदान हुने

Logo
प्रकाशित बिहिबार, फाल्गुण २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम २६ फागुन। नेपाली कांग्रेस धनुषा जिल्ला सभापति चयनका लागि शुक्रबार बिहान मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि एक दिन पर सारिएको हो ।

यसअघि २३ फागुनमा भएको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीका अनुसार शुक्रबार बिहान ८ बजेदेखि जनकपुरधामस्थित तिरहुतिया गाछीमा मतदान हुनेछ । उम्मेदवारहरुबीचको सहमति र सहकार्यको निर्णय अनुसार मतदान कार्यक्रम पछि सारिएको उनले बताए ।

बिहीबार तोकिएको मतदान नहुँदा गाउँ गाउँबाट आएका मतदाताले नाराबाजी गरेर विरोध जनाएका छन् ।

पहिलो चरणको निर्वाचनमा योगेन्द्र पंजियारले एक हजार २४८, सन्तोष यादवले ८८२ तथा दिनेश प्रसैलाले ६३० मत ल्याएका थिए ।

पञ्जियार नेता बिमलेन्द्र निधि, यादव सभापति शेरबहादुर देउवा र प्रसैला डा. शेखर कोइराला पक्षका हुन् । प्रतिस्पर्धाबाट बाहिरिएका प्रसैलाले पञ्जियारलाई समर्थन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]