०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

धानुक सेवा समाजद्वारा बाढिपिडितलाई राहत

Logo
प्रकाशित मंगलबार, साउन ०७, २०७६

अमर पासवान , सिरहा। सिरहा नगरपालिका वाड न ६ र १२ का बाढिपिडितलाई लक्षित गरेर नेपाली धानुक सेवा समाज दोहा कतारले राहत वितरण गरेका छन् । सिनपा वडा नं.६ का ७ र १२ का २८ घरपरिवारलाई राहत वितरण गरेका हुन् । १० किलो चामल, १ किलो दाल, ५ सय ग्राम तेल, १ किलो नमक, सुत्नका लागि म्याट्रेस १ थान, सलाई १ पीका दरले प्रत्येक परिवारलाई वितरण गरिएको समाजका अध्यक्ष जयराम मण्डलले बताए । ‘सबै सामग्रीलाई प्याकेज बनाएर वितरण गरेका छौं,’उनले भने । बढिबाट कुनै वर्ग पिडित भएको छ भने सबैभन्दा बडि पिडामा महिलाहरु रहेको समाजसेवी शोभा मण्डलले बताए । महिला लक्षित राहत विरतरण कार्यलाई प्राथमिकता दिन उनले सरोकारवालाहरुसँग आग्रह गरिन । ‘बाढि जस्तो विपद्को यो घडीमा नेपालको विभिन्न जिल्लामा स्थलगत निरिक्षण गरिरहेका छौं,’ समाजका अध्यक्षले भने,‘निरिक्षणबाट आएको अर्थात तथ्यांकलाई केलाएर सबैभन्दा बढि जोखिममा रहेका ठाउँका बासिन्दालाई केन्द्रित गरेर राहत प्याकेज वितरण प्रक्रिया अगाडि बढाउने गरेको छु ।’ नेपाली युवाहरुको अथक प्रयास र परिश्रमबाट चल्दै आएको यो संस्थाले आफ्नो क्षमता अनुसार राहत वितरण गर्नुका साथै राहत वितरण तथा अन्य बन्दोवस्तीका लागि अरु गैरसरकारी संस्थाहरुसँग सहकार्य पनि थालेको उनले थपे । राहत विरण कार्यक्रममा डोमी मण्डल, लक्ष्मी मण्ड, जगतलाल मण्डल, ज्ञानेन्द्र मण्डल, कासिन्द्र मण्डल, राजेन्द्र मण्डल लगायत स्थानीय युवा, बुद्धिजीवी र पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । गएको केही हप्ता अघि अविरल वर्षासँगै आएको बाढिले जिल्लाको विभिन्न स्थानसँगै सिरहा नगरपालिका ६ र १२ नं.वडामा विषेश क्षति पु¥याएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]