१४ कार्तिक २०८१, बिहिबार
31-10-2024 , Thu
×

एमाले र माओवादी मिल्न सक्ने भयले देउवा त्रसित !

Logo
प्रकाशित आइतबार, चैत्र १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१३ चैत्र।प्रधानमन्त्रीसमेत रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार एक सार्वजनिक कार्यक्रममा चुनावमा तालमेल नगरे ओली र प्रचण्ड फेरि मिले भने के गर्ने भन्ने प्रश्न गरे। गठबन्धन गर्न नहुने अडान दिँदै आएका नेता डा. शेखर कोइरालासँग मञ्च शेयर गरेका देउवाले सोही कार्यक्रममा आगामी तीनै तहको निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताए।

पछिल्लो समय मुलुकका विभिन्न भागमा पुगेका देउवाको अभिव्यक्ति गठबन्धन आवश्यक छ भन्नेमा बढी केन्द्रित रहेको हुन्छ। शुक्रबारदेखि जारी केन्द्रीय कार्य समिति बैठकमा बोल्ने अधिकांश सदस्यले ग्राउण्डमा कांग्रेस बलियो रहेको र चुनावमा एक्लै जाँदा स्पष्ट बहुमत ल्याउने आँकडा प्रस्तुत गर्दासमेत देउवा उक्त आँकडामा विश्वस्त हुन सकेनन् र चुनावी तालमेल आवश्यक रहेको बताइरहेका छन्।

शनिबार गठबन्धनको विरोध गर्दै आएका डा. कोइराला सहभागी कार्यक्रममा देउवाले भोलि एमाले र माओवादी मिले भने के गर्ने भन्ने प्रश्न गर्न भ्याए।

पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडान राख्दै आएको बेला पार्टी भित्रबाटै गठबन्धन नगर्न दबाब बढीरहेको बेला सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई यस्तो प्रश्न गरेका हुन्।

उनले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनु पर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताए। ‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस, नेताहरू सबैले जितुन भन्ने नै रहन्छ, त्यसका लागि जे पनि लागि पर्ने हुन जान्छ,’ देउवाले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ रु फेरि पार्टीलाई हराउने रु’ विगतमा कांग्रेस पार्टीले पराजय भोग्नु परेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन्।

२०७४ सालको प्रदेश र संघीय निर्वाचनमा एमाले र माओवादीबीच बामगठबन्धन बनेपछि कांग्रेस नराम्रोसँग पराजित बनेको थियो। संघीय निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस २३ सिटमा खुम्चिएको थियो भने सात प्रदेशमध्ये कांग्रेसले एक प्रदेशमा पनि जित्न सकेको थिएन।

अहिले परिस्थितिले देउवा सरकारको नेतृत्व गरिरहेका छन् र उनीमाथि तीन तहकै निर्वाचन गर्ने जिम्मेवारी आएको छ। त्यसो त विगतमा जस्तो बाम गठबन्धन छैन, नेकपा विभाजित बनेको छ, एमालेसमेत विभाजत अवस्थामा छ। तैपनि कांग्रेस सभापतिको रुपमा देउवा एक्लै चुनावमा जान डराइरहेका छन्।

एक महिने चुनावी अभियान लिएर जिल्ला जिल्ला पुगेका केन्द्रीय सदस्यहरुले कांग्रेसलाई चुनावमा एक्लै जाँदा फाइदा हुने रिर्पोटिङ गर्दासमेत देउवा गठबन्धन कै पक्षमा छन्। उनलाई कतै फेरि एमाले र माओवादीबीच गठबन्धन हुने त होइन भन्ने आशंका छ।

किनभने ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए। तर संघीय र प्रादेशिक निर्वाचनमा माओवादी एमालेसँग गठबन्धन गर्न पुग्यो। अहिले गठबन्धनको आवश्यकता कांग्रेसलाई भन्दा माओवादीलाई बढी छ। माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस चुनावी तालमेलका विषयमा तयार नभए विकल्प खोज्ने चेतावनी दिन थालेका छन्।

किनभने माओेवादीको संगठन कमजोर छ, उसलाई चुनाव जित्न कसैको साथ चाहिन्छ नै, त्यसका लागि उसलाई अहिले कांग्रेसको साथ अनिवार्य छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी र एकीकृत समाजवादीसँग कुनै पनि हालतमा तालमेल नहुने घोषणा गरिसकेका छन्।

सभापति देउवाले चुनावी तालमेल अपरिहार्य देखेपनि नेता डा. शेखर कोइराला पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दावी गर्छन्। कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको कंग्रेस (आई)को हालत हुन सक्ने बताउँछन्।

‘‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा गर्दा कांग्रेस आइको हालत नहोला भन्न सकिन्न,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा कोइरालाले भने, ‘गत १० वर्षको कंग्रेस आइ गठबन्धन गर्दागर्दै अहिले चारैतिर कमजोर भएको छ। यसलाई बुझ्नु पर्छ।’ कोइरालाले गठबन्धनतर्फ जाने भन्दा पनि पार्टीको आन्तरिक मजबुतीलाई बलियो बनाउन जोड दिए।

‘सबैभन्दा पहिला त पार्टीको आन्तरिक बिषयलाई मजबुत र एकजुट बनाउनु पर्छ, त्यसो गर्न सके कांग्रेस बलियो हुन्छ । हुन त सभापतिज्यू त्यसमा लागिरहनु भएको छ,’ कोइरालाले अगाडि भने, ‘यो तमाम कांग्रेस कार्यकर्ताको भावना पोखिरहेको छ, यसलाई लत्याएर गठबन्धन गठबन्धन भनिरहनु हुन्न।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]