०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

पोखरीमा डुबेर दुइ बालकको मृत्यु

Logo
प्रकाशित बुधबार, साउन ०८, २०७६

सिबि यादव,बिरेन्द्रबजार ।धनुषाको गणेशमान चारनाथ नगरपालिका वाड नं. १ स्थित रहेको बिरेन्द्रबजारमा पोखरीमा डुबेर दुई बालक मृत्यु भएको छ।

स्थानीय सबिन लायोमगरका १३ वर्षीय छोरा आदित्य लायोमगर र हरिबहादुर लायोमगरका १० वर्षीय छोरा आकाश लायोमगरको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय भरतपुर(बिरेन्द्र बजार )ले बताएको छ।

घरबाट आकाश काकाको छोरा संग पोखरीमा नुहाउनको लागि गएका दुबै दाजुभाइको डुबेर मृत्यू भएपछि स्थानीयले परिवारजनलाई जानकारी गराएको थियो ।

डुबेर मृत्यु भएका दुबै बालकको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको ईलाका प्रहरी कार्यालय भरतपुरका असइ रामएकवाल यादवले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]