२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली सार्वजनिक गर्दै

Logo
प्रकाशित आइतबार, चैत्र १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१३ चैत्र।निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो ।

नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो ।

दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको आयोगले जनाएको छ । अब एक करोड ७७ लाख भन्दा बढी मतदाता कायम भएका छन् ।

आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि नाम हेरफेर गर्न पाइने छैन । आयोगले ७५३ वडा, र ७७ वटै पालिका निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाता सूची तयार पारेको छ ।

२०७९ साल वैशाख २९ सम्ममा १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा नाम भएका खण्डमा मतदान गर्न दिइने आयोगले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]