२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३ जेष्ठ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादव निर्वाचित भएका हुन् ।

मिश्रले ३ हजार ७६५ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार शत्रुधन यादवले ३ हजार ४९७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा फूलकुमारी ३ हजार ६२८ मत ल्याएर निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी जसपाकी विमलाकुमारी यादव ३ हजार ४६० मत प्राप्त गरेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]