१३ कार्तिक २०८१, बुधबार
30-10-2024 , Wed
×

डा.सीके राउत मधेशको नयाँ शक्ति बनेका हुन्?

Logo
प्रकाशित शुक्रबार, जेठ ०६, २०७९

वीरेन्द्र रमण
जनकपुरधाम,६ जेष्ठ ।राजनीतिक भन्दा पनि सामाजिक मुद्दा बोकेर स्थानीय तहको चुनावमा होमिएको सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेशमा नयाँ शक्तिका रूपमा देखिएको छ।

मधेश प्रदेशमा मधेश केन्द्रित दल विशेष गरेर जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्नो पहिचान बनाएका थिए। सरकारमा सहभागी हुने लगायत अन्य राजनीतिक मुद्दामा पनि यी दुई पार्टीलाई लिने गरिएको थियो। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले सीके राउत नेतृत्वको जनमत पार्टीलाई अर्को शक्तिका रूपमा उभ्याएको छ।

मधेशका आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा देखिएका बेथितिलाई उजागर गर्दै आएको जनमत पार्टीले स्थानीय चुनावमा पनि तिनै मुद्दा बोकेको थियो। यो पार्टीले पहिलो पटकमै धेरै स्थानीय तहमा सफलता हासिल गरेको छ। केही स्थानीय तहमा जितेको छ भने केहीमा अग्रस्थानमा छ। अधिकांश स्थानमा प्रतिस्पर्धीका रूपमा रहेको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझी ६ हजार ४०७ मत पाएर निर्वाचित भएका छन्। प्रतिस्पर्धी जसपाका शैलेशकुमार साहले ६ हजार २२४ मत पाए।

हनुमाननगरमा जनमत पार्टीले तीन वडाध्यक्ष जितेको छ। अन्य तीन वडामा पनि प्रतिस्पर्धामा रहेको थियो। जितेका तीनै वडामा सदस्य र दलित महिला सदस्य पनि यही पार्टीका छन्।

त्यस्तै, सप्तरीको बलान विहुल गाउँपालिकामा जनमत पार्टीका खेमचन्द्र यादव दुई हजार ९९४ मत पाएर अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका नवीनकुमार झाले दुई हजार २०४ मत पाए।

यो गाउँपालिकामा दुई वटा वडाध्यक्ष पनि जितेको छ भने दुई वटा वडामा निकटतम प्रतिस्पर्धीका रूपमा रहेको थियो। यीसँगै मधेशका विभिन्न स्थानीय तहमा २० वटा वडाध्यक्ष जितको छ। त्यति नै सङ्ख्यामा प्रतिस्पर्धामा छ।

स्थानीय चुनावमा जनमत पार्टीले मधेशका राजनीतिक मुद्दाभन्दा पनि सामाजिक मुद्दालाई उठाएको थियो। अन्य मधेश केन्द्रित दलले भने राजनीतिक मुद्दामा नै जोड दिंदै आएका छन्। जनमत पार्टीले स्थानीय मुद्दालाई उठाएकाले जनताले रुचाएको विश्लेषकहरूको तर्क छ।

निर्वाचनअघि किसानका समस्यालाई लिएर पूर्व-पश्चिम राजमार्ग नै अवरुद्ध गरेको थियो। त्यस्तै, स्थानीय तहमा भएका भ्रष्टाचार, अनियमिततालाई उठाएर सम्बन्धित तहमै आन्दोलन गरेको थियो।

लामो समयसम्म मधेशलाई छुट्टै मुलुक बनाउने नारा दिएका राउतले स्थानीय चुनावमा भने सुशासन र किसानका समस्यालाई नै केन्द्रमा राखेका थिए। यो निर्वाचनले नयाँ शक्तिका रूपमा उभ्याएको जनमत पार्टीका नेता बीपी साह बताउँछन्। “यो निर्वाचनमा गुमाउनलाई केही थिएन। जे-जति जित्यो, त्यो हाम्रा लागि उपलब्धि हो,” उनले भने।

यो निर्वाचनलाई पनि जनमत पार्टीले आफ्नो विचार जनतासम्म पुर्‍याउने अवसरका रूपमा लिएको उनको भनाइ छ। त्यससँगै राजनीतिक शक्ति पनि आर्जन गरेको उनी बताउँछन्।

मधेशको राजनीतिलाई नजिकबाट नियाल्दै आएका वरिष्ठ पत्रकार चन्द्रकिशोर जनमत पार्टी नयाँ शक्तिका रूपमा आएको स्विकार्छन्। अहिले जितको स्थानमा सीके राउतका पुराना कार्यकर्ता नभएर पार्टीको विचारधारा बोकेकै मान्छे भएको उनी बताउँछन्। “वडास्तरमा ज-जसले जितेका छन्, तीमध्ये धेरैजसो राउतका पुराना कार्यकर्ता हुन्। त्यसलाई एउटा विचारधाराका रूपमा लिन सकिन्छ,” चन्द्रकिशोर भन्छन्, “राउतले निर्वाचनबाट जे जति पूँजी हासिल गरेका छन्, त्यसलाई संगठित गरेर अगाडि बढे भने राजनीतिमा एउटा उदीयमान शक्तिका रूपमा लिन सकिन्छ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]