२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

मोटरसाइकल क्रेनमा ठोकिदा एकको मृत्यु

Logo
प्रकाशित मंगलबार, साउन १४, २०७६

मनोज बनैता, सिरहा । दुर्घटनामा परी सिरहाको लाहानमा एकको मृत्यु भएको छ । लाहान स्थित पुर्व-पश्चिम राजमार्गमा मोटरसाइकल क्रेनमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

पश्चिम दिशाबाट पुर्वतर्फ आउदै गरेको को.१ क २४१७ नम्बरको क्रेनमा सोही दिशाबाट आउदै गरेको स.२ प. १८९९ नम्बरको मोटरसाईकलले पछाडिबाट ठाेकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक लहान नगरपालिका १२ बस्ने २३ वर्षिय सुरेश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएपछी उनलाई उपचारको लागि लाहानको रा.उ.ब अस्पतालमा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिराटनगर लैजाने क्रममा ईनर्वा पुग्न नपाउदै उनको मृत्यु भएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी निरीक्षक खगेन्द्र एकतेनले जानकारी दिएका छन । क्रेन र मोटरसाईकल ईलाका प्रहरी कार्यालय लहानमा राखीएको जानकारी प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]